
२६ साउन, धनगढी । बुढीगंगा नदीमा आएको बाढीले बाजुराका विभिन्न बस्तीमा क्षति पुर्याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको छ । बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ ।
सोही स्थानकी ६५ वर्षीया आइसेनी महत बेपत्ता भएकी हुन् । उनी वडाध्यक्ष डम्मर महतकी आमा हुन् ।
बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको छ । घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अन्य ठाउँका झोलुंगे पुलसमेत बगेको स्थानीयले बताएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस