समाचार

चितवन मेडिकल कलेजमा जन्मियो ५ केजीको बच्चा

5 kg child

२६ साउन, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन् ।

चितवन मेडिकल कलेज भरतपुरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङले पाँच किलो ग्रामको छोरीलाई सोमबार जन्म दिएकी हुन् ।

११२ केजी तौल भएकी लोप्चनको रक्तचाप उच्च देखिएको र बच्चा ठूलो भएकाले शल्यक्रिया गर्न नसक्ने भन्दै हेटौडा अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरिदिएको थियो । आइतबार रिफर भएकी उनले आज शल्यक्रिया मार्फत छोरीलाई जन्म दिएकी हुन् ।

आमा र बच्चा अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस