
२६ साउन, काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
अरू नै समस्याले जचाउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उनले बताएका छन् । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न भनेका छन् ।
यसैबीच कोरोनाभाइरसको महामारी सुरू भएयता भारतमा पहिलो पटक एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।
यस्तै सोही अवधिमा ६२ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी संक्रमित संख्या २२ लाख १५ हजार ७५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस