सूचना प्रविधि

एलजी नेपालको आधिकारिक वेबसाइट सार्वजनिक

lg website

२६ साउन, काठमाडौं । एलजी नेपालको आधिकारिक वेबसाइट लन्च भएको छ। सीजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारिक वेबसाइट www.lgnepal.com लन्च गरेको हो।

यो वेबसाइटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुबारे जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन्। यस वेबसाइटमा उपभोक्ताहरुले मूल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन् ।

एल.जी.को कुनै पनि नयाँ उत्पादन आएको र सोको विशेषता यस वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । एल.जी. को उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाइटबाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

अब ग्राहक वर्गहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एल.जी.का उत्पादनहरु बुक पनि गर्न सकिनेछ ।

यस वेबसाइटले एल.जी.का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, ए.सी., एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ ।

उपभोक्ताहरुले आफ्नो नजिकैको एल.जी. को शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् । अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जिवनशैली सरल बनाउने लक्ष्यका साथ एल.जी. नेपाल डट कम वेबसाइट कम्पनिले ल्याएको र यसले एल.जी.का ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस