समाचार

काठमाडौंमा ३६ सहित उपत्यकामा थप ४४ जनामा काेराेना सङ्क्रमण

corona test

२६ साउन, काठमाडौं । काठमाडौं उपत्यमा साेमबार थप ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

काठमाडौंमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१०  पुगेको छ । संक्रमितमध्ये १६ हजार ४९३  जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस