समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

road accident

२६ साउन, बारा । बाराको पचरौता नगरपालिका-८ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

ना.३४ प ३४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा बाराको देवताल गाउँपालिका वडा नम्बर ५ धुराहा टोल बस्ने १९ बर्षिय प्रदिप कुमार रामको मृत्यु भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शवलाई नियन्त्रणमा लिई पोष्टमार्टमको लागि कलैया अस्पतालमा पठाएको प्रबक्ता मिश्रले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस