राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

23 cabinet meeting

२६ साउन, काठमाडौं । सोमबार साँझको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

आजको बैठकले आइतबार सिसिएसी बैठकले गरेका प्रस्तावहरु स्वीकृति गर्ने कार्यतालिका रहेको बताइएको छ ।

विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य हवाई उडान संचालनको समय सम्बन्धि निर्णयका लागि आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

सिसिएसी बैठकले उल्लेखित विषयमा कम्तीमा पनि भदौ १५ गते सम्म बन्द गर्नु पर्ने प्रस्ताव गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस