समाचार

कपिलवस्तुमा साउन ३२ सम्म निषेधाज्ञा जारी

Kapilbastu CDO Office

२६ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार बिहान ५ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेकाे छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सर्वसाधारणलाई आवतजावत गर्न नदिने गरि निषेधाज्ञासँगै व्यापार व्यवसाय, जिल्लाभरिको बजार पसल बन्द गरिएको हो ।

तरकारी र खाद्यान्‍न पसल भने बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्न दिइएको छ । निजी सार्वजनिक यातायात बन्द हुनेछन् । होटल, रेष्टुरेन्ट र चिया पसल पनि बन्द गरिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द गरिएको छ ।

निषेधाज्ञा अवधिमा पूर्वपश्चिम राजमार्गमा बाहेक अन्य भित्री सडकहरुमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कपिलवस्तुमा आइतबारसम्म ८ सय ५७ जना कोरोना संक्रमित रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस