समाचार

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

bead body tag

२६ साउन, सप्तरी । पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–१ बस्ने ३५ वर्षीय इजलाम आलमको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तीलक भारतीले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस