समाचार

कैलालीमा माछा मार्न राखेको पासोमा अल्झिएर एक जनाको मृत्यु

bead body tag

२७ साउन, कैलाली । कैलालीमा माछा मार्न राखेको पासोमा अल्झिएर एक जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका ७ का ३६ वर्षका अशोक पासीको पासोमा अल्झिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

अशोक सोमबार अपराह्न ४ बजे घरबाट बाहिर निस्किएपछि बेपत्ता भएका थिए । मंगलवार बिहान गणेशमान आधारभूत विद्यालय नजिकै डुबान भएको स्थानमा उनको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक थापाले अशोकको मृत्यु पासोकै कारण भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस