२७ साउन, काठमाडौं । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारदेखि भने घट्न थालेको छ । साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो ।
सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । सुन आज १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । ।
यस्तै, तेजाबी सुन पनि प्रतितोला ८०० रुपैयाँ घटेर एक लाख एक हजार रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य भने एक हजार ४३५ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस