समाचार

काठमाडौं विश्वविद्यालय १५ दिनका लागि बन्द

ku

२७ साउन, काठमाडौं । कोभिड –१९ को संक्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले मंगलबारदेखि १५ दिनका लागि बिदा दिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा. सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि संक्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप सोमबारदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाएका छन् ।

विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस