२७ साउन, कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको पीसीआर प्रयोगशालाको आज उद्घाटन गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ पीसीआर मेसिनसहित स्थापना गरिएको प्रयोगशालाको आज बिहान उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री भट्टले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताएका छन् । उनले अस्पतालमा सीटी स्क्यान, एमआरआई लगायतका सेवा समेत थप गरिने बताए ।
सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्तिको अभावमा पीसीआर मेसिनको क्षमता अनुसार पीसीआर परीक्षण गर्न नसकिएकोले जनशक्ति थप गरिदिन माग गरेका छन् ।
पर्याप्त जनशक्ति भएमा दैनिक एक हजार जनाको पीसीआर परीक्षण गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस