समाचार

त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

tu office

२७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको छ ।

नेविसंघले आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा मंगलबार त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर तोडफोड गरेका हुन् ।

ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको छ । त्यस्तै विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक चढ्ने एउटा गाडी र कर्मचारी बोक्ने गाडीमा समेत तोडफोड गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले कर्मचारी भर्ना, पदाधिकारी नियुक्ति पारदर्शी ढंगले नगरेको भन्दै केही दिनदेखि नेपाल विद्यार्थी संघ र प्रजातान्त्रिक प्राध्यापक संघ आन्दोलन गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस