
२७ साउन, दाङ । दाङको नारायणपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १० झारबैरा निवासी १८ वर्षीय विमल डाँगी रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार बिहान करिब साढे ३ बजेतिर डाँगीले चलाएको रा ४ प २५५१ नम्बरको मोटरसाइकल घरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । गम्भीर घाइते भएका डाँगीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मृत्यु भएको डिएसपी खड्काले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस