२७ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले कालापानीबाट भारतीय सेना हटाउन जोड दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले लेखेका छन्,’गौतम बुद्ध नेपालमा जन्मनुभएको तथ्य विपरीत भारतीय विदेश सचिवबाट दिइएको अभिव्यक्तिलाई भारतीय विदेश मन्त्रालयले सच्याएको छ । अब लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौंज फिर्ता गर्ने र प्रबुध्द व्यक्ति समूहको प्रतिवेदन अघि बढाउने कुरामा जोड दिनुपर्छ ।’
सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी नै दुई देशबीचको सीमाना भए पनि भारतले कालापानीमा आफ्नो सुरक्षा फौज राखेको छ ।
प्रतिक्रिया दिनुहोस