
२७ साउन, काठमाडौं । प्रदेश १ मा मंगलबार एकैदिन ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका नयाँ संक्रमित मध्ये विराटनगर महानगरपालिकाका ५० जना छन् । थपिएका नयाँ संक्रमितहरुमा मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जना जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्म संक्रमितको संख्या १ हजार ५ सय ६३ पुगेको छ । जसमा १ हजार १४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस