सूचना प्रविधि

इसेवा मनि ट्रान्सफर र बहराइन फाइनान्सिङ कम्पनीबीच सम्झौता

esewa mony transfer

२७ साउन, काठमाडौं । इसेवा मनि ट्रान्सफर र बहराइन फाइनान्सिङबीच रेमिटेन्स सेवा सुचारु गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सेवा सुचारु भएसँगै बहराइनमा रहेका नेपालीले विएफसीको ५५ वटा शाखामार्फत रकम पठाउन सकिने जनाइएको छ ।

विएफसी बहराइन एपबाट सर्वसाधारणले नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्ने र नगद पठाइएको पैसा इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकले ५५ रुपैयाँ क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस