२७ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेकी ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस