
२७ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण यसपाली राष्ट्रपति विद्यादेवी भण्डारी पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थ सहभागी नहुने भएकी छिन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका कारण यो पटकको श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरको दर्शनमा राष्ट्रपति भण्डारी सरिक नहुने जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस