समाचार

भारतबाट नेपाल आउन सरकारले तोक्यो १० नाका (सुचीसहित)

naka

२७ साउन, काठमाडौं । सरकारले १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने बताएको छ ।

स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार काकडभिट्टा (झापा), रानी(मोरङ), माडर (सिराह), गौर (रौतहट), वीरगन्ज (पर्सा), बेलहिया(रुपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाहा(बाँके), गौरीफन्टा (कैलाली) र गड्डाचौकी (कंचनपुर) रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस