
२७ साउन, दाङ । दाङमा एकै दिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
साउन १८ गते सङ्क्रमण देखिएका जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा सङ्क्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन विकास आचार्यले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएका २९ जना सबै बाहिनीभित्रैको आइसोलेसनमा बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस