२७ साउन, चितवन । चितवनमा भोलि (बुधबार) राति ९ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा हिँडडुल गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, चितवनले आज एक सूचना जारी गर्दै बुधबार राति ९ देखि बिहान ५ बजेसम्म अनिश्चित समयका लागि लामोदूरीका सवारीसाधनबाहेक पूर्ण रुपमा हिँड्डुलमा तथा अन्य सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले यसलाई नियन्त्रण र रोकथामका लागि रातिको समयमा मानिसको आवातजावतमा पूर्ण रुपमा प्रतिबन्ध गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस