बैँक / वित्त

नेपाल सरकारको कोरोना कोषमा नेपाल बैंकको ३ करोड ४६ लाख हस्तान्तरण

nepal bank corona cosh

२७ साउन, काठमाडौं । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा.युवराज खतिवडालाई बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले पुर्‍याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका छन् । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउँदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिएका छन् ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सबैभन्दा पहिला सहयोगको घोषणा गरेको बताए ।

बैंकले हालसम्म संघीय सरकारको कोषमा ४ करोड ४६ लाख रूपैयाँ र प्रदेश सरकारलाई ५ लाख रूपैयाँका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको बताए । उनले यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास समेत व्यक्त गरेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य, सहसचिव केदारप्रसाद पनेरु, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत  प्रकाशकुमार अधिकारी र बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *