समाचार

कोरोना विशेष अस्पताल बुटवलमा कपिलवस्तुका २ जनाको मृत्यु

covid 19 dead body

२८ साउन, बुटवल । कोरोना संक्रमणको कारण बुटवलमा कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखाना स्थित कोरोना विशेष उपचार केन्द्रमा उपचारको क्रममा २ जनाको मृत्यु भएको हो ।

कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो भने अर्का २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट आउन बाँकी रहको हो ।

दुवैजनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । कपिलवस्तुका २५ वर्षीय युवालाई हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो । उनलाई त्यहाँको अस्पतालले रिफर गरेर राति १२ बजे ल्याइएको थियो भने २ बजे मृत्यु भएको डा. गौतमले बताए । उनीहरुमध्ये एकजना तौलिहवाका हुन् भने अर्का कृष्णनगरका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस