२८ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।
उनी मेनेन्जाइटिसको समस्या देखिएपछि गत साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका निर्देशक डा बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
आइसीयूमा उपचाररत उनको आज बिहान १ बजे मृत्यु भएको शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस