बैँक / वित्त

बैंक अफ काठमाण्डूमा कोरोना प्रभाव : नाफा २२ प्रतिशतले घट्यो, वितरण योग्य मुनाफा ८८ करोड रुपैयाँ

BOK

२८ साउन, काठमाडौं । गत आर्थिक वर्ष ०७६/७७ मा बैंक अफ काठमाण्डू (बीओके) को नाफा घटेको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गर्दा यसको प्रत्यक्ष असर बैंकको नाफामा परेको हो ।

गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्ष ०७५/७६ को भन्दा २२.२४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब  ८९ करोड ६९ लाख ५६ हजार खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको छ । प्रोभिजनिङका कारण बैंकको वितरण योग्य मुनाफा भने ८८ करोड ७ लाख रुपैयाँ मात्रै छ । सेयरधनीले यही नाफाबाट मात्रै लाभांश पाउन सक्छन् ।

खुद ब्याज आम्दानी ५.२१ प्रतिशतले घटेर तीन अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । फि तथा कमिसनतर्फको आम्दानी भने ४ प्रतिशतले बढेर ५४ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष बैंकले ११.३४ प्रतिशतले निक्षेप सुधार गर्दा कर्जा विस्तार भने ७.७२ प्रतिशतले मात्रै बढाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कोभिडले ब्याज तथा किस्ता उठ्न नसक्दा बैंकको खराब कर्जा ०.८१ प्रतिशत विन्दुले बढेर २.३५ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले प्रोभिजनिङको मापदण्लाई खुकुलो पारे पनि भोलिका दिनमा हुन सक्ने जोखिमलाई अहिले देखिनै व्यवस्था गर्दै जाँदा वितरण योग्य मुनाफामा असर गरेको हो ।

कष्ट अफ फण्ड घट्नुका साथै आधार ब्याजदर पनि घटेको छ । आधार ब्याजदर १.२७ प्रतिशत विन्दुले घटेर ८.७१ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँले घटेर १७ रुपैयाँ छ ।

bok income 2076

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस