२८ साउन, काठमाडौं । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका छन् ।
स्वास फेर्न कठिन भएपछि दत्त अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल उपचारका लागि भर्ना भएका थिए । उच्च ज्वरो र श्वासप्रश्वासको समस्याले अस्पताल भर्ना भएका उनलाई कोरोनाको वार्डमा राखेर उपचार गरिएको थियो ।
अस्पतालमा परीक्षणको क्रममा उनको छातीमा तरलपदार्थ पाइएको र अक्सिजनको मात्रामा तलमाथि भइरहेको देखिएको छ । क्यान्सरको चौथो चरणमा प्रवेश गर्नु भनेको उपचारको सम्भावना दुर्लभ हुनु हो ।
यद्यपि दत्तको क्यान्सर भने शीघ्र र गम्भीर उपचार गर्दा निको हुनसक्ने सम्भावना रहेको टाइम्स अफ इण्डियाले खबर लेखेको छ ।
प्रतिक्रिया दिनुहोस