२८ साउन, काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको संस्था चौधरी फाउन्डेसनले नेपाल सरकारलाई कोभिड–१९ का गम्भीर बिरामीहरूका लागि अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोगअन्तर्गत स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
भेन्टिलेटर प्रदेश–१, २, ५ र वाग्मतीका अस्पतालमा राखिनेछ ।
प्रतिक्रिया दिनुहोस