राजनीति

सीमा विवाद पछि पहिलो पटक नेपाल र भारतबीच छलफल हुने

pm kp modi

२८ साउन, काठमाडौं । कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक भारतको नेपालसँग छलफल हुने भएको छ ।

लामो समयदेखि नक्साको विषयलाई लिएर दुई मुलुकबीचको सम्बन्धमा समस्या सिर्जना भएको थियो । तर, स्थितिलाई सहज बनाउँदै लैजाने उद्देश्य अनुरुप नेपालका लागि भारतीय राजदूत वियन मोहन क्‍वात्रा र परराष्ट्र सचिव शंकरदास बैरागीबीच छलफल हुने भएको हो । उक्त छलफल परराष्ट्र मन्त्रालयमा हुने भएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्‌यालले भने, “नेपाल-भारतबीचमा भारतको सहयोगमा सञ्‍चालित परियोजनाहरुको प्रगति समीक्षा गर्ने ‘ओभर-साइट मेगानिज्‌म’ छ । त्यो दुबै मुलुकको प्रतिनिधिहरु हुनुहुन्छ । त्यो संयन्त्रको छलफल गर्ने भन्‍ने कुराकानी भइरहेको छ । कहिले के हुन्छ भनेर मिति तय भइसकेको छैन ।”

नेपालका लागि भारतीय दूतावास स्रोतले भने अगस्त १७ का लागि तय भएको जनाएको छ । स्रोतले भन्‍यो, “अगस्त १७ मा भिडियो कन्फरेन्समार्फत उक्त बैठक हुँदैछ । बैठकमा भारतको लगानीमा सञ्‍चालनमा रहेका विभिन्‍न परियोजनाको मूल्यांकन र समीक्षा हुनेछ ।”

कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने तय गरिएको जनाइएको छ । परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त समितिको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाइमा भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस