समाचार

कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा, छोरा पनि मुछिए

Akhtiyar CIAA Nepal

२८ साउन, काठमाडौं । कल्याणपुर नगरपालिकाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र निजको छोरा सन्त कुमार मण्डलउपर घुस लिएको अभियोगमा मुद्दा दायर गरेको  छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख बिगो कायम गरी घुस लिई भ्रष्टाचार गरेको आरोपमा बुधबार विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

मेयर सूर्यनाथले विस्तृत परियोजना प्रतिवेदनको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घूस माग्दै रकम लिनका लागि छोरालाई पठाएको खुलेको छ । आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सन्तकुमारलाई ५ लाख घूससहित नियन्त्रणमा लिएको थियो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा ५ लाख विगो माग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदाबी सहित मुद्दा दर्ता गरेको आयोगका प्रवत्ता तारानाथ अधिकारीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस