
२८ साउन, वीरगंज । कोभिड १९ को संक्रमण नियन्त्रणमा चुकेको भन्दै गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई ललितपुर सरुवा गरिएको छ । सिडिओ कार्कीले बुधवार पर्सा छोड्नेछन् ।
उनको ठाउँमा धादिङमा प्रमुख जिल्ला अधिकारी रहेका आशमान तमाङ आउन लागेका छन् । वीरगंजमा कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै प्रजिअ र सहायक प्रजिअको सरुवा गरिएको नेकपा निकट नेताहरुले बताएका छन् । तर, कार्की र बस्नेतले भने आफूहरुको नियमित सरुवा भएको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस