समाचार

कर्णालीमा थपिए २३ जना कोरोना संक्रमित

covid 19 test positive

२८ साउन, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका मध्ये सुर्खेतका १८ जना, दैलेखका ४ जना र एकजना सल्यानका रहेका छन् ।

योसँगै कर्णाली प्रदेशमा अहिलेसम्म २ हजार ३४ जनामा कोरोना पुष्टि भएको छ । साथै प्रदेसमा अहिलेसम्म एक हजार ८९४ जना कोरोना जितेर ठिक भएका छन् । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *