समाचार

महासंघले भन्यो : पत्रकार बानियाँको मृत्यु रहस्यमय

balaram baniya

२८ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघ दुःख व्यक्त गरेको छ । महासंघ बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले निध बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

महासंघले पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले स्तब्ध भएको जनाएको छ । विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु-याएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए ।

यही साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

महासंघले पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गरेको छ ।

सम्बन्धित समाचार

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस