समाचार

उपत्यकामा बुधबार थप १३८ जनामा कोरोनाको संक्रमण पुष्टि

corona test

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ संक्रमितमा काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेको प्रवक्ता गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस