समाचार

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु

covid 19 dead body

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा मृतक ८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन् भने ६४ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *