
२८ साउन, काठमाडौं । कारोना भाइरस (कोभिड-१९) को जोखिम बढ्दै गएपछि सूचना तथा प्रसारण विभागले पत्रकारहरुका लागि प्रेस पास वितरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ । विभागले हाल कोरोना संक्रमणको बढ्दो जोखिमका कारण सो सेवा रोकिएको बताएको छ ।
प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल संभव नभएको हुँदा हाललाई स्थगित गरिएको सूचना तथा प्रसारण विभागद्वारा जारी सूचनामा जनाइएको छ ।
तर, श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रार समक्ष दिने उजुरी र सोसम्बन्धी काम भने निरन्तर हुने जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस