समाचार

भोलि राति १२ बजेदेखि बुटवलमा लकडाउन

butwal city

२८ साउन, बुटवल । प्रदेश ५ को राजधानी रहेको बुटवल उपमहानगरपालिका लकडाउन भएको छ । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि उपमहानगरपालिकाले भोली २९ साउन मध्यरातदेखि ५ भदौसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको, सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

‘बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ,’ आचार्यले भनिन् । लकडाउनका क्रममा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने बताइएको छ ।

उपमहानगरले गत साताबाटै हाटबजार लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस