
२८ साउन, काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ ।
बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भन्दै गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।
निर्देशनमा भनिएको छ, ‘मन्त्रिपरिषद्बाट विभिन्न मितिमा तथा यस मन्त्रालयबाट भएको निर्देशनसमेतको आधारमा हालसम्म त्यहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७ साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’
प्रतिक्रिया दिनुहोस