
२९ साउन, महेन्द्रनगर । महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा प्रेसर कुकर बम भेटिएको छ । भीमदत्त नगरपालिका–४ को सब्जीमन्डी रोडमा भेटिएको उक्त बम बिहीबार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाका अनुसार बमछेउमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ । उक्त पर्चाका आधारमा अनुसन्धान अघि बढाएको डीएसपी थापाले बताए ।
‘राति २ बजे बम भेटिएको हो, अहिले विहान ६ः५० बजे निष्क्रिय पारियो’ उनले भने,‘बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।’
प्रतिक्रिया दिनुहोस