समाचार

पर्सामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

birjung

२९ साउन, पर्सा । पर्सामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ गरिएको पीसीआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति छन् । तीमध्ये बाराका एक जना र बाँकी पर्साका रहेको डा. उपाध्यायले बताए । योसँगै पर्सामा मात्र संक्रमितको संख्या एक हजार १४४ पुगेको छ भने १८ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा वीरगंज कोरोना संक्रमित मध्ये जोखिम क्षेत्रमा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *