समाचार

शिक्षण अस्पतालका ६ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि आकस्मिक सेवा बन्द

Teaching hospital

२९ साउन, काठमाडौं । महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिए । ओपीडी सेवा भने सञ्चालन नै रहनेछ ।

उनका अनुसार आकस्मिक बाहेकका अन्य सेवा भने सञ्चालन नै रहनेछ । आकस्मिक कक्षका ६ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका सय जनाभन्दा धेरैको आज कोरोना परीक्षणको लागि स्वाब संकलनको तयारी भइरहेको छ ।

सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा राखिएको पनि संयोजक दासले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस