२९ साउन, काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमा बसेका प्रचण्ड एक सातापछि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ ।
राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस