२९ साउन, दाङ । शव लिएर आउँदै गरेको एम्बुलेन्स तुलसीपुर अमिलिया सडक खण्डको अम्राई खोलामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।
गम्भिर घाइते चालक दंगीशरण गाउँपालिका–२ निबासी ३४ बर्षका मिठु चौधरी, तुलसीपुर–१८ निबासी ४४ बर्षकी पुष्पा पुनमगर र सामान्य घाइते उनकी २१ बर्षकी छोरी रोजिना बोहोरालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा विहीवार विहान ३ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।
एम्बुलेन्स झन्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस