समाचार

आजदेखि काठमाडौं भित्रिन र बाहिरिन कडाई, सवारी पास बन्द

cdo Ktm

२९ साउन, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यका बाहिर जान जारी गर्दै आएको सबै प्रकारका सवारी साधनको पास बन्द गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृति समेत अर्को व्यवस्था नभए सम्मका लागि पूर्ण रूपमा बन्द गरेको जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जनाएका छन् ।  कोरोना भाइरस संक्रमण बढेसँगै अन्तरजिल्ला प्रवेशमा कडाई गर्न गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

jilla pass

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस