समाचार

ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

road accident

२९ साउन, मकवानपुर । मकवानपुरमा ट्रक र अटो आपसमा ठाेक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना चालक घाइते भएका छन् ।

बिहीबार हेटौंडा उपमहानगरपालिका- १९ तीनताप्केमा हेटौंडाबाट भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना २ ह ३४६६ नम्बरको अटोलाई ठक्कर दिएको हो ।

ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु भएको छ । अटो चालक मनहरी गाउँपालिका-५ बसन्तपुर बस्ने ४७ वर्षीय ठूलो कान्छा खड्का घाइते भएका छन् । उनको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ ।

मृत्यु हुनेमा वडा नं‍ ५ बस्ने बाबुराम रूम्बा र अमृत लोपचन छन् । उनीहरू अटो पछाडि सवार थिए । डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनीहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ । त्यस्तै ट्रक चालक विजय श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *