समाचार

सुर्खेतमा थप १८ जनामा कोरोना पुष्टि

covid 19 swab test

२९ साउन, वीरेन्द्रनगर । सुर्खेतमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर नमुना परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका १७ जना र लेकबेसी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरुमा १ देखि १३ वर्ष उमेरका ५ बालबालिकासमेत रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएकाहरु वीरेन्द्रनगर नगरपालिका–१० का ९ जना, वीरेन्द्रनगर–१३ का ८ जना र लेकवेशी नगरपालिका–७ का एक जना रहेका छन् । यसअघि बुधबारमात्रै वीरेन्द्रनगर नगरपालिकाका १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस