
२९ साउन, विराटनगर । प्रदेश १ मा बिहीबर ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ ।
प्रदेश राजधानी विराटनगरका २२ महिला र ३८ पुरुष गरी ६० जनामा संक्रमण पुष्टि भएको हो । बूढीगंगामा २५ पुरुष, कटहरीमा दुई महिला एक पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहबीमा तीन पुरुष, धरान एक महिला र बराहक्षेत्र र राधुनीमा एक-एकजना पुरुष, इलामको सन्दकपुरमा चार पुरुष, झापाको बिर्तामोडमा एक महिला र उदयपुरकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।