
२९ साउन, काठमाडौं । नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस