
२९ साउन, काठमाडौं । कोरोना परीक्षणका लागि गत मंगलबाबर स्वाब दिएका राष्ट्रिय फुटबल टोलीका २८ जना खेलाडी तथा अफिसियलमा कोरोना संक्रमण नभएको पाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका २८ सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो ।
एन्फाले खेलाडी र अफिसियलको पहिलो र दोस्रो चरणमा पीसीआर परीक्षण गरेको थियो । त्यसका लागि पाटन अस्पताल ललितपुरमा सोमबार र मंगलबार उनीहरुको स्वाब संकलन गरिएको थियो ।
कुल ५४ जनामध्ये ५३ जनाको नेगेटिभ आए पनि एक जनाको भने फेरि परीक्षण गरिने एन्फाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस